१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

गण्डकीका मुख्यमन्त्री गुरुङले पाउनुभएन विश्वासकाे मत

प्रकाशित मिति :  २७ जेष्ठ २०७८, बिहीबार १२:५६


काठमाडाैं । गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासकाे मत पाउन असफल हुनुभएकाे छ ।

बिहीबार बसेकाे प्रदेश सभा बैठकमा विश्वासको मतमाथि मतदान भएको थियो । प्रदेश सभामा उपस्थित भएका ५८ सांसद्‍‍मध्ये मुख्यमन्त्रीकाे पक्षमा २७ र विपक्षमाजनाले मतदान गर्नुभयाे । मुख्यमन्त्रीकाे विपक्षमा ३० जनाले मतदान गर्नुभयाे । जनमाेर्चाका सांसद् कृष्ण थापा तटस्थ बस्नुभयाे ।

६० सदस्यीय प्रदेश सभामा स्वतन्त्र सांसद् दिपक मनाङ्गे भने उपस्थित हुनुभएन ।

मुख्यमन्त्रीबाट राजीनामा दिनुभएका गुरुङ विपक्षीले बहुमत जुटाउन नसकेपछि वैशाख २९ गते ठूलो दलको हैसियतमा पुन: मुख्यमन्त्री नियुक्ति हुनुभएकाे थियाे । मुख्यमन्त्री नियुक्त भएको १ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार आज उहाँले विश्वासकाे मत लिनुभएकाे हाे ।

अब प्रदेश प्रमुखले १६८ को उपधारा ५ अनुसारको सरकार गठनका लागि आह्वान गर्नुहुनेछ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !