२३ बैशाख २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

केपी ओलीले राजतन्त्र फर्काउने, हिन्दू राज्य ल्याउने– लेखनाथ न्यौपाने

प्रकाशित मिति :  २७ जेष्ठ २०७८, बिहीबार ११:२८


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा राजतन्त्र फर्काउनुहुन्छ । त्यति मात्र होइन, ओलीले हिन्दू राज्य पनि फर्काउनुहुन्छ ।

यो विष्लेशण हो माओवादी नेता लेखनाथ न्यौपानेको । माधवकुमार नेपाल समूहको विद्यार्थीहरुले आयोजना गरेको जुम छलफलमा न्यौपानेको विष्लेशण यतिमा रोकिएन । उहाँको भनाई थियो– ‘केपी ओली असामान्य ढंगले बलियो बन्दै जान खोज्नुभएको छ । राष्ट्रपति र उहाँको स्पष्ट मिलेमतो छ । केपी ओलीलाई कमजोर बनाउने हो भने कांग्रेस, माओवादी केन्द्र र अरु सबै पार्टी र शक्तिहरु एक ठाउँ आउनुपर्छ ।’

मन्त्रीको पिएको जिम्मेवारी लिनेहरुले विद्यार्थी संगठन छाड्नुपर्ने विचार उहाँले राख्नुभयो । ‘पिए हुनु राम्रो हो तर पिए भएपछि अखिलको जिम्मेवारीबाट विदा लिनुपर्छ’– लेखनाथको भनाई थियो ।

सो जुम छलफलमा झलनाथ खनाल र कांग्रेसका गगन थापाले पनि बोल्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस !