१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कर्णाली प्रदेशलाई ५२ हजार मात्रा भेरोसेल खोप

प्रकाशित मिति :  २५ जेष्ठ २०७८, मंगलवार १३:४६


कर्णाली । प्रदेशमा कोभिड—१९ विरुद्धको भेरोसेल खोप ५२ हजार मात्रा प्राप्त भएको छ ।

चीन सरकारको अनुदान सहयोगमा सङ्घीय सरकारलाई उपलब्ध भएको भेरोसेल खोपको उक्त मात्रा कर्णाली प्रदेशमा प्राप्त भएको हो । सो खोप कर्णालीका १० वटै जिल्लामा पुगिसकेको बताइएको छ । सो खोप ६२ देखि ६५ वर्ष उमेरसमूहका नागरिकलाई दिइने स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक डा.रविन खड्काले जानकारी दिनुभयो । प्रदेशका सबै जिल्लाको तथ्यांकलाई आधार मानेर पठाइएको सो खोप सम्बन्धित जिल्लाका स्वास्थ्य सेवा कार्यालयले आ–आफ्नो अनुकूलताका आधारमा सो समूहका ज्येष्ठ नागरिकलाई दिइने उहाँको भनाइ छ ।

निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीका अनुसार प्राप्त खोपको मात्रामध्ये डोल्पामा एक हजार दुई सय १०, मुगुमा एक हजार आठ सय २९, हुम्लामा एक हजार ६ सय ८०, जुम्लामा तीन हजार ६ सय ३६, कालीकोटमा चार हजार पाँच सय २९, दैलेखमा आठ हजार चार सय ९५, जाजरकोटमा पाँच हजार ६ सय ७३, रुकुमपश्चिममा चार हजार आठ सय ५८, सल्यानमा सात हजार सात सय ६८ र सुर्खेतमा ११ हजार नाै सय ७२ पठाइसकिएको छ । ‘हामीले गत माघको १४ देखि २४ गतेसम्म पहिलो चरणको पहिलो प्राथमिकतामा रहेका नौ हजार चार सय ८४ जनालाई कोभिशिल्ड खोप लगायौं’, उहाँले भन्नुभयो, ‘पहिलो चरणकै दोस्रो प्राथमिकतामा रहेका नागरिकलाई २१ हजार सात सय ४२ खोप लगाइएको छ ।’

दोस्रो चरणमा गत फागुन २३ देखि चैत २ गतेसम्म ८१ हजार चार सय ९६ जनालाई कोभिशिल्ड खोप दिएको तर उनीहरुले दोस्रो डोज लगाउन नपाएको उहाँले बताउनुभयो ।

हालसम्म एक लाख १२ हजार सात सय २२ जना कर्णालीवासीले कोभिशिल्ड भ्याक्सिन लिएका छन् । उनीहरुलाई दोस्रो डोज लगाउन भने कोभिशिल्ड खोप नै आउनुपर्ने उहाँको भनाइ छ ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !