१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सातै प्रदेशमा बाल अस्पताल बनाउँछाैं – स्वास्थ्यमन्त्री

प्रकाशित मिति :  २४ जेष्ठ २०७८, सोमबार १०:३४


काठमाडाैं । सरकारले सातै प्रदेशमा बाल अस्पताल बनाउने भएकाे छ ।

साेमबार आयाेजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले साे जानकारी दिनुभएकाे हाे । मन्त्री भएपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै मन्त्री तामाङले मन्त्रालयले तेस्रो लहरको पूर्व तयारी थालेको जानकारी दिनुभयो । ‘तेस्रो लहरमा बालबालिकालाई प्रभावित बनाउने हो कि भन्ने छ, त्यसैले सातै प्रदेशमा बालबालिकालाई चाहिने आवश्यक आईसीयु कक्षसहितको अस्पताल बनाउने तयारी गर्दैछौं ।’

आम नागरिकको स्वास्थ्यमा पहुँच पुर्‍याउन बीमामार्फत् निःशुल्क उपचारको व्यवस्था मिलाउन अध्ययन थालिने पनि उहाँले जानकारी दिनुभयाे । मन्त्रालयले पारदर्शी रुपमा कामहरु अगाडि बढाउने उहाँले बताउनुभयाे ।

नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयाे । आफ्नाे मुख्य प्राथमिकता नेपाली जनतालाई काेभिडमुक्त गराउनुभएकाे उहाँले बताउनुभयाे । निष्ठापूर्वक आफ्नाे जिम्मेवारी पूरा गर्ने पनि तामाङले बताउनुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !