२३ बैशाख २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमाले अध्यक्ष ओली इमान्दार देखिनुभएन – माधव गुट

प्रकाशित मिति :  २४ जेष्ठ २०७८, सोमबार ०९:४८


काठमाडाैं । एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी एकताकाे पक्षमा इमान्दार नरहेकाे माधव गुटले आराेप लगाएकाे छ ।

साेमबार बसेकाे माधव गुटकाे स्थायी कमिटी बैठकले ओलीकाे प्रस्ताव एकताकाे पक्षमा नरहेकाे निष्कर्ष निकालेकाे नेता वेदुराम भुसालले जानकारी दिनुभयाे । ‘अध्यक्षकाे प्रस्ताव एकता बचाउनका लागि ल्याइएको इमान्दार प्रयास होइन, छलछाम गर्न र  एकता भाँड्न ल्याइएकाे हाे भन्ने बैठककाे निष्कर्ष छ’ – भुसालले भन्नुभयाे ।

एमाले अध्यक्ष ओलीले आइतबार राति पार्टी एकताका लागि आव्हान गर्दै ६ बुँदे प्रस्ताव सार्वजनिक गर्नुभएकाे थियाे । त्यसकाे भाेलिपल्ट माधव गुटकाे स्थायी कमिटी सदस्यकाे भर्चुअल बैठक बसेकाे हाे । अध्यक्षका ६ वटै बुँदाकाे तथ्य समेटिएकाे लिखित विज्ञप्ति जारी गर्ने तयारी भइरहेकाे पनि भुसालले जानकारी दिनुभयाे ।

 



प्रतिक्रिया दिनुहोस !