२३ बैशाख २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

अध्यक्ष ओलीले राख्नुभएकाे प्रस्तावमाथि छलफल गर्दै माधव गुट

प्रकाशित मिति :  २४ जेष्ठ २०७८, सोमबार ०२:४४


काठमाडाैं । प्रधानमन्त्री एवं  एमाले अध्यक्ष केपी शर्मा ओलीले राख्नुभएकाे प्रस्तावमाथि माधव गुटले आज छलफल गर्ने भएकाे छ ।

अध्यक्ष ओलीकाे प्रस्तावमाथि छलफल गर्न माधव गुटले आज दिउँसाेका लागि आफूपक्षीय स्थायी कमिटीकाे बैठक बाेलाएकाे हाे । अध्यक्षकाे प्रस्तावमाथि छलफल गरेर कसरी अगाडि बढ्ने भन्ने विषयमा बैठकमा छलफल हुने साे गुटका स्थायी कमिटी सदस्य वेदुराम भुसालले सनराइज खबरलाई जानकारी दिनुभयाे ।

एकताका लागि प्रस्ताव गरेकाे प्रस्तावबाट उहाँ एकता गर्न चाहानुहुन्न भन्ने प्रष्ट भएकाे वेदुरामकाे भनाइ छ । ‘व्यक्तिगत रुपमा धेरैकाे बुझाइ यही छ, बाँकी कुरा आज छलफल गरेपछि थाहा हुन्छ, स्थायी कमिटीले नै निर्णय गर्छ’- उहाँले भन्नुभयाे ।

एमाले अध्यक्ष ओलीले आइतबार राति एकताका लागि आह्वान गर्दै एमालेलाई ०७५ जेठ ३ गते पूर्वको अवस्थामा फर्काउने लगायत ६ बुँदे प्रस्ताव अगाडि सार्नुभएकाे छ ।



प्रतिक्रिया दिनुहोस !