१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

४२८ अक्सिजन कन्सन्ट्रेटर काठमाडौंमा

प्रकाशित मिति :  २३ जेष्ठ २०७८, आईतवार ०३:४६


काठमाडौं । गैरआवासीय नेपाली संघले सुरु गरेको नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔं अभियानअन्तर्गत विश्वभरका संघसंस्था र नेपाली समुदायका सहयोगमा थप चार सय २८ अक्सिजन कन्सन्ट्रेटर शनिबार साँझ काठमाडौंमा आइपुगेको छ ।

विभिन्न राष्ट्रिय समन्वय परिषद्का समन्वयमा बेलायतबाट एक सय ५०, अष्ट्रेलियाबाट सय, क्यानडाबाट ७५, जर्मनीबाट ३०, दक्षिण कोरियाबाट २०, इटालीबाट १०, चीनबाट सात र अन्य संस्थाबाट ३६ अक्सिजन कन्सन्ट्रेटर खरीदका लागि आर्थिक सहायता प्राप्त भएको थियो ।

चीनस्थित नेपाली दूतावास र एनआरएनए राष्ट्रिय समन्वय परिषद् चीनले खरीद प्रक्रियामा सहयोग गरेको तथा नेपाल सरकारले ढुवानी खर्च बेहोरेको थियो ।

यसैगरी एनआरएनए अफ्रिका क्षेत्रबाट इलामदेखि जुम्लासम्मका १३ जिल्लाका २८ अस्पताल र स्वास्थ्य केन्द्रमा एक सय पाँच अक्सिजन सिलिण्डर खरीदसहित एक हजार एक सय ५० रिफिल अक्सिजन सिलिण्डर र स्वास्थ्य सामग्री हस्तान्तरण गरिसकिएको तथा दुर्गम क्षेत्रमा पठाउने अभियान जारी छ ।

विश्वभरिबाट प्राप्त बाँकी आर्थिक सहयोगबाट संघले सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने तयारी गरेको एनआरएनएका प्रवक्ता डिबी क्षेत्रीले जानकारी दिनुभयो ।

 

पच्चीस स्वास्थ्य अक्सिजन कन्सन्ट्रेटर

नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न जोय फाउण्डेशनले विभिन्न जिल्लाका २५ स्थानमा अक्सिजन कन्सन्ट्रय वितरण गरेको छ ।

नुवाकोट, स्याङ्जा, म्याग्दी, गोरखा, सोलुखुम्बु, मनाङ, कास्की, बर्दिया, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुरका २५ स्थानमा सय थान अक्सिजन कन्सन्ट्रेटर वितरण गरिएको हो ।

अधिकांश सरकारी स्वास्थ्य संस्था र स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सन्ट्रेटर वितरण गरिएको फाउण्डेशनका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिनुभयो । फाउण्डेशनलाई मिलरेपा ध्यान केन्द्र साँखुले अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको जनाइएको छ ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !