१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नक्कली स्यानिटाइजर बनाउने दुई जना ललितपुरबाट पक्राउ

प्रकाशित मिति :  २३ जेष्ठ २०७८, आईतवार ०३:३१


काठमाडौं । मापदण्डविपरीत ह्याण्ड स्यानिटाइजर उत्पादन तथा बिक्रीवितरण गरेकाे अभियोगमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललितपुरस्थित ओम निरमाया हेल्थ केयर प्रालिका सञ्चालकद्वय महालक्ष्मी नगरपालिकाका ४३ वर्षीय निरेश थापा र सोही ठाउँ बस्ने मोरङकाे विराटनगर उपमहानगरपालिका-१४ का ४४ वर्षीय अमित ताम्राकार छन् ।

साे हेल्थ केयरबाट मापदण्ड विपरित सञ्जिवनी लिक्विड इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर उत्पादन गरी बिक्री भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरुलाई स्यानिटाइजरसहित पक्रेको हो ।  उनीहरुको साथबाट मापदण्डविपरीत उत्पादन गरेको २ सय ४० लिटर ह्याण्ड स्यानिटाइजर समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुमाथि कालोबजार तथा केही अन्य सामाजिक अपराध र सजाय ऐन, २०३२ अन्तर्गतको कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !