१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

यौन दुर्व्यवहार गर्ने दुई पक्राउ

प्रकाशित मिति :  २२ जेष्ठ २०७८, शनिबार १४:३०


मध्यपुरथिमि । आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्रेकाे छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका– ७ गुण्डुका १३ वर्षीया बालिकालाई दुव्र्यवहार गर्ने एक शिक्षक र तेक्वाण्दो प्रशिक्षकलाई प्रहरीले फक्राउ गरेको हो । पक्राउ पर्नेमा गुण्डुका शिक्षक हरिकृष्ण कोजु र तेक्वाण्दो प्रशिक्षक चुलाई मुखिया रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो ।

घरमा अध्यापन गराउँदै आएका शिक्षक कोजुले ती बालिकालाई भोज खान बोलाई यौन दुव्र्यवहार गरेको भन्दै बालिकाकी आमाले प्रहरीले जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको हो ।

ती बालिकालाई तेक्वाण्दो प्रशिक्षक मुखियाले सल्लाघारीस्थित एकान्त स्थानमा बोलाई तेक्वाण्डो खेल राम्रोसँग सिकाइदिन्छु भन्ने प्रलोभन दिएर दुव्र्यवहार गरेको जाहेरी आएपछि प्रहरीले पक्राउ गरेको हो  ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !