२९ असार २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

‘नागरिकको सेवा गर्नु हाम्रो धर्म हो’

प्रकाशित मिति :  २२ जेष्ठ २०७८, शनिबार १४:१६


काठमाडौं । निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफू नागरिकको सेवामा सधैँ खटिइरहने बताउनुभएको छ ।

जुनसुकै भूमिकामा रहे पनि नागरिकको सेवा र देशको विकास गर्नु आफ्नो प्रमुख दायित्व भएकाले सोहीअनुसार सधैँ निरन्तर लागि रहने उहाँको प्रतिबद्धता थियो ।

नवनियुक्त मन्त्रीहरूलाई आज शुभकामना व्यक्त गर्ने क्रममा निर्वतमान मन्त्री आलेले भन्नुभयो, ‘हामी आम नागरिकको सेवा तथा देशको विकासका लागि राजनीतिमा लागेका हौँ, नागरिकको सेवा गर्नु हाम्रो धर्म हो ।’

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !