१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

वीरगञ्‍जका विद्यालय असार १ देखि खुल्ने

प्रकाशित मिति :  २२ जेष्ठ २०७८, शनिबार १०:२८


काठमाडाैं । वीरगञ्ज महानगरपालिकाका विद्यालय असार १ देखि खुल्ने भएका छन् ।

वीरगञ्ज महानगरपालिकाकाे जेठ २० गते बैठकले असारदेखि क्रमिक रुपमा विद्यालय खाेल्ने निर्णय गरेकाे हाे । असार १ देखि विद्यार्थीको उपस्थितिमै कक्षा ८ देखि १२ सम्म कक्षा सञ्चालन गर्न लागिएकाे महानगरले जारी गरेकाे सूचनामा उल्लेख छ ।

काेभिड संक्रमण घट्दै गएकाले विद्यालय खाेल्न लागिएकाे महानगरले जनाएकाे छ । बालबालिकाको शैक्षिक क्षतिलाई ध्यान दिँदै क्रमिक रुपमा विद्यालय सञ्चालन गर्न लागिएको सूचनामा उल्लेख छ । महानगरले विद्यालय सञ्चालनका लागि वटा ७ नियम समेत ताेकेकाे छ ।

विद्यालयमा भौतिक उपस्थिति गराई पठनपाठन गर्न अभिभावकहरुबाट लिखित सहमति लिन महानगरले विद्यालयलाई आग्रह गरेको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड मास्क, साबुन, पानीले हात धुने व्यवस्था, सेनिटाइजर, भौतिक दुरी, थर्मलगनले ज्वरो नाप्ने कुराको पालना गरी कक्षा सञ्चालन गर्नुपर्ने पनि सूचनामा उल्लेख छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !