५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सबै नेपालीलाई खोप सुनिश्चित गर्छाैं – उपप्रधान तथा अर्थमन्त्री पाैडेल

प्रकाशित मिति :  २२ जेष्ठ २०७८, शनिबार ०७:१८


काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आमनागरिकलाई कोभिड-१९  विरुद्धको खोप सुनिश्चित गर्न केन्द्रित हुने बताउनु भएको छ ।

शुक्रबार साँझ अर्थमन्त्रालयमा पदबाहालीपछि उपप्रधान तथा अर्थमन्त्री पाैडेलले त्यसाे भन्नुभएकाे हाे । कोभिड-१९ पराजित गर्दै सहज अवस्थामा फर्कन सरकारले सबै सामर्थ्य लगाउने उहाँले बताउनुभयो ।

कोभिडले सिर्जना गरेको प्रतिकूलतालाई हटाउँदै आर्थिक पुनरुत्थान र पूर्व निर्धारित समयमा चुनाव गराउने अभिभारा पूरा गर्ने पनि  मन्त्री पाैडेलले बताउनुभयो । पदबहालीका क्रममा उपप्रधान तथा अर्थमन्त्री पौडेलले सल्यान अस्पतालमा अक्सिजन प्लान्ट स्थापना र एचडियु जडान तथा रोल्पा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने सहमति दिने सम्बन्धी निर्णयलाई स्वीकृत गर्नु भएको छ । जसमा सल्यान अस्पताललाई १ करोड ५५ लाख र रोल्पा अस्पतालका लागि ७५ लाख रुपैयाँ छ ।



प्रतिक्रिया दिनुहोस !