१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

न्यायाधीश पौडेलको निधन

प्रकाशित मिति :  २१ जेष्ठ २०७८, शुक्रबार ०९:५०


काठमाडौं । कोरोना संक्रमणका कारण धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ ।

ललितपुरस्थित स्टार अस्पताल सानेपामा उपचारका क्रममा ५५ वर्षीय पौडेलको आज निधन भएको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिनुभयो ।

कोरोना संक्रमण देखिएपछि यही जेठ दुई गते उपचारका लागि अस्पताल लगिएको थियो । स्व न्यायाधीश पौडेल ०७६ साउनदेखि जिल्ला अदालत धादिङको न्यायाधीश पदमा कार्यरत हुनुहुन्थ्यो ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !