५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रकाश शाहलाई एमालेको ४८ घण्टे स्पष्टीकरण

प्रकाशित मिति :  २१ जेष्ठ २०७८, शुक्रबार ०८:३०


काठमाडौं । नेकपा एमालेले सो पार्टीको सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहलाई ४८ घण्टे स्पष्टीकरण सोधेको छ ।

एमाले केन्द्रीय सदस्य समेत रहनुभएका शाहलाई पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले सो स्पष्टीकरण सोध्नु भएको हो ।

पार्टी निर्णय विपरित माओवादी नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री पदमा रहिरहेपछि उहाँलाई यसअघि एमाले प्रदेश कमिटीले पनि स्पष्टीकरण सोधेको थियो । प्रदेश कमिटीको स्पष्टीकरणको समते वेवास्ता गरेपछि उहाँलाई केन्द्रले नै स्पष्टीकरण सोधेको हो ।

उहाँलाई पार्टी निर्णय र संसदीय दलको विधान विपरित गुट भेला गरी अरुलाई समेत त्यस्तो भेलामा सहभागी हुन उत्पे्ररित गरेको तथा पार्टीले निर्णय गरिसक्दा पनि सरकारबाट फिर्ता नभएकोले पार्टी साधारण सदस्यबाट समेत किन निष्कासन नगर्ने भन्दै स्पष्टीकरण मागिएको छ ।

नेकपा एमालेका जेठ १० बसेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारमाथिको समर्थन फिर्ता लिने निर्णय गरिसकेको छ ।  तर माधव गुटले सरकारबाट फिर्ता आउनुको सट्टा मन्त्रीमण्डलमा अन्य सदस्य समेत थप गरेको छ ।



प्रतिक्रिया दिनुहोस !