१ जेष्ठ २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

टेकुस्थित ट्रान्सफर स्टेशनमा लागेको आगो नियन्त्रणमा

प्रकाशित मिति :  २० जेष्ठ २०७८, बिहीबार १०:५४


काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहर थुपार्दै आएको टेकुस्थित ट्रान्सफर स्टेशनमा लागेको आगो नियन्त्रणमा आएको छ ।

डेढ घण्टाअघि मात्र आगो नियन्त्रणमा आएको कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो । दमकलको सहायतामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रण गरिएको हो ।

शहरका विभिन्न स्थानमा अव्यवस्थितरूपमा छरिएका तार लगेर राखिएको स्थानमा आगो लागेको हो । त्यहाँ करिब ५० टन तार रहेको बताइएको छ । सडक बालबालिकाले तार राखिएको स्थान नजिकै खाना पकाउने क्रममा आगो लागेको जनाइएको छ । आगोका कारण तार सबै नष्ट भएका छन् भने मानवीय क्षति भएको छैन ।

–रासस



प्रतिक्रिया दिनुहोस !