१ जेष्ठ २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

ख्वप अस्पताललाई ४४ लाख ७५ हजार सहयोग

प्रकाशित मिति :  २० जेष्ठ २०७८, बिहीबार ०७:२०


भादगाउँ । ख्वप अस्पतालमा अक्सिजन प्लान्ट स्थापना र आवश्यक स्वास्थ्य उपकरण खरिदका लागि बुधवार थप ४४ लाख ७५ हजार रुपैंया आर्थिक सहयोग जुटेको छ ।

यससँगै सहयोग रकम ४ करोड ५ लाख ८७ हजार ८९ रुपैंया पुगेको नगरपालिकाले जनाएको छ ।

भक्तपुर नगरपालिकाले संचालन गरेको ख्वप अस्पतालले ब्रम्हायणीमा कोभिड युनिटसँगै आइसोलेसन केन्द्र संचालन गर्दै आइरहेको छ । कोभिडका गम्भिर बिरामीलाई अक्सिजन अभाव भएपछि नगरपालिकाले ख्वप अस्पतालमा अक्सिजन प्लान्ट तत्काल स्थापना गर्ने र त्यसका लागि आवश्यक रकम जुटाउन जनस्तरमा सहयोगको अपिल गरेको थियो ।

सोही अपिल बमोजिम नगरका सहकारी संस्था, विद्यालय, कलेज, विभिन्न संघ संस्था, व्यावसायिक संगठन र नगरबासीहरुले आर्थिक सहयोग प्रदान गरेका हुन ।

– रासस



प्रतिक्रिया दिनुहोस !