१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मनाङमा नासाें गाउँपालिकालाई सबैभन्दा बढी बजेट विनियोजन

प्रकाशित मिति :  २० जेष्ठ २०७८, बिहीबार ०६:०३


मनाङ । आगामी आर्थिक वर्षका लागि हिमाली जिल्ला मनाङलाई कुल ६१ करोड ३४ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

जिल्लाका चार स्थानीय तहमध्ये मनाङ प्रवेशद्वारको रूपमा रहेको नासों गाउँपालिकालाई सबैभन्दा बढी बजेट विनियोजन गरिएको छ । गाउँपालिकाका लागि १७ करोड २७ लाख रुपैयाँ विनियोजन भएको गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताउनुभयो । उहाँका अनुसार समानीकरण अनुदानतर्फ ६ करोड ९९ लाख रुपैयाँ र सः शर्त अनुदानतर्फ १० करोड २८ लाख रुपैयाँ विनियोजन भएको छ ।

जिल्ला सदरमुकाम रहेको चामे गाउँपालिकालाई १५ करोड ८८ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । गाउँपालिकालाई समानीकरण अनुदानतर्फ ६ करोड ९८ लाख रुपैयाँ, सः शर्त अनुदानतर्फ ६ करोड ८२ लाख  रुपैयाँ र विशेष अनुदानतर्फ दुई करोड आठ लाखर रुपैयाँ बजेट विनियोजन भएको पालिकाका प्रमुख लोकेन्द्रबहादुर घलेले जानकारी दिनुभयो ।

त्यस्तै माथिल्लो मनाङको मनाङ ङिस्याङ गाउँपालिकालाई समानीकरणतर्फ ६ करोड ९८ लाख रुपैयाँ र सः शर्ततर्फ आठ करोड ७० लाख गरी कूल १५ करोड ६८ लाख रुपैयाँ विनियोजन भएको छ । जिल्लाको सडक सञ्जालसँग समेत नजोडिएको विकट क्षेत्र नार्पाभूमि गाउँपालिकालाई १२ करोड ५१ लाख रुपैयाँ विनियोजन भएको छ । गाउँपालिकाले समानीकरणतर्फ ६ करोड ८४ लाख रुपैयाँ, सः शर्त अनुदानतर्फ तीन करोड ८८ लाख रुपैयाँ, विशेष अनुदानतर्फ एक करोड ३३ लाख रुपैयाँ र समपूरकतर्फ ४६ लाख बजेट पाएको छ ।

जिल्लाका चार स्थानीय तहमध्ये चामे र नार्पाभूमि गाउँपालिकाले विशेष अनुदान प्राप्त गरेका छन् । जिल्लाका अन्य पालिकामध्ये मनाङ ङिस्याङमा सबैभन्दा बढी जनसंख्या रहेको छ ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !