५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमालेको स्थायी कमिटी बैठक सर्‍याे

प्रकाशित मिति :  १९ जेष्ठ २०७८, बुधबार १०:५७


काठमाडाैं । आज बस्ने भनिएकाे नेकपा एमालेको स्थायी कमिटी बैठक सरेकाे छ ।

आज अपरान्ह ४ बजेका लागि बाेलाइएकाे बैठक बिहीबारका लागि सारिएकाे हाे । थप तयारी गर्नुपर्ने भएकाले बैठक भाेलिका लागि सारिएकाे एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयाे ।

यसअघि मंगलबार बसेकाे बैठकले पार्टी एकता जाेगाउन नेतृत्वकाे तर्फबाट अन्तिम समयसम्म प्रयास जारी राख्ने लगायत निर्णय गरेकाे थियाे । एमाले एकता जोगाउन दोस्रो तहका नेताहरुबीच छलफल पनि चलिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !