५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमाले स्थायी कमिटी बैठक बस्दै

प्रकाशित मिति :  १९ जेष्ठ २०७८, बुधबार ०९:०२


काठमाडाैं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बस्न थालेको हो । एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले पार्टीको आन्तरिक जीवनबारे छलफल गर्न बैठक बस्न लागेको जानकारी दिनुभयो ।

मङ्गलबार बसेको स्थायी कमिटी बैठकले पार्टी एकता जोगाउनका लागि नेतृत्व तहले लचकता अपनाउने निर्णय गरेको थियो ।
–रासस



प्रतिक्रिया दिनुहोस !