१ जेष्ठ २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

डब्ल्यूएचओले दियाे चीनकाे सिनोभ्याक खोपलाई आपतकालीन प्रयोग अनुमति

प्रकाशित मिति :  १९ जेष्ठ २०७८, बुधबार ०६:४९


एजेन्सी । चीनले विकास गरेको काेभिड विरुद्धकाे सिनोभ्याक खोपलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले आपतकालीन प्रयोग अनुमति दिएको छ ।

चीन, ब्राजिल, चिली, इण्डोनेसिया, मेक्सिको लगायत देशमा प्रयोग भइसकेकाे सिनाेभ्याक्स खाेपलाई डब्ल्यूएचओले आपतकालीन प्रयोग अनुमति दिएकाे हाे । विभिन्न देशमा लगाइएको यो खोपलाई डब्ल्यूएचओले पनि प्रयोग अनुमति दिएको हाे ।

सुरक्षा र प्रभावकारिताका हिसाबले अन्तर्राष्ट्रिय मापदण्ड पूरा भएपछि डब्ल्यूएचओले आपतकालीन प्रयोग अनुमति दिएकाे हाे । याेसँगै कोभ्याक्स सुविधाअन्तर्गत पनि सिनोभ्याक खोप प्रयोग गर्ने बाटो खुलेको छ । खोपसम्म पहुँच विस्तारमा सहयोग पुग्ने डब्ल्यूएचओले जनाएको छ ।

सिनोभ्याक १८ वर्ष माथि उमेर समूहका लागि लगाउन सकिन्छ । पहिलो डोज लगाएको २ देखि ४ चार साताभित्र दोस्रो डोज लगाउनुपर्छ । विभिन्न अध्ययन अनुसन्धानका अनुसार यो खोप लगाएपछि संक्रमणदर ५० प्रतिशत बढी र अस्पताल भर्ना हुने दर शतप्रतिशत राेकिएकाे छ ।

डब्ल्यूएचओले यसअघि चिनियाँ खोप सिनोफार्मलाई पनि आपतकालीन प्रयोग गर्न अनुमति दिइसकेको छ ।



प्रतिक्रिया दिनुहोस !