२१ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

लुम्बिनीमा सम्पन्न राष्ट्रिय सभा सदस्य उपचुनावमा अन्तर्घात भएको निष्कर्ष

प्रकाशित मिति :  १८ जेष्ठ २०७८, मंगलवार ०९:१२


काठमाडौंं । नेकपा एमालेले लुम्बिनीमा सम्पन्न राष्ट्रिय सभा सदस्य उपचुनावमा अन्तर्घात भएको निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेकाे एमाले स्थायी कमिटी बैठकले त्यस्ताे निष्कर्ष निकालेकाे प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयाे । एमाले उमेदवार विजयकाे नजिक रहेको आँकलन गरिएपनि अन्तर्घात भएकाे बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयाे ।

उहाँले भन्नुभयाे – ‘सबै विपक्षी एक ठाउँमा हुँदा एमालेकाे मत पुग्दैनथ्याे, तर जुन ढंगले हामीले छलफल गरेका थियाैं, त्यसअनुसार हामी विजयकाे नजिक थियाैं, तर केही ठाउँबाट अन्तर्घात भएकाे हामीले निष्कर्ष निकालेका छाैं, यसबारे समीक्षा गरेर आवश्यक निर्णय लिन्छाैं ।’

लुम्बिनी प्रदेशमा साेमबार भएकाे उपचुनावमा एमालेका चन्द्रबहादुर खड्का पराजित हुनुभएकाे थियाे । विपक्षी गठबन्धनकाे साथ रहेका कांग्रेसका दृगनारायण पाण्डे विजयी हुनुभएकाे थियाे ।



प्रतिक्रिया दिनुहोस !