२९ असार २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एसईई परीक्षा आन्तरिक मूल्यांकनबाटै गर्ने मन्त्रिपरिषद्काे निर्णय

प्रकाशित मिति :  १८ जेष्ठ २०७८, मंगलवार ००:२६


काठमाडौं । सरकारले यस वर्षको एसईई परीक्षाको परीक्षा पनि मूल्यांकनबाटै गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेकाे मन्त्रिपरिषद् बैठकले एसईई परीक्षाको नतिजा आन्तरिक मूल्यांकन विधि अनुसार गर्ने निर्णय गरेकाे हाे । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लगेकाे प्रस्ताव मन्त्रिपरिषद्को बैठकले पारित गरेकाे भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाङ्फेले जानकारी दिनुभयाे ।

कोभिड संक्रमण अझ बढ्दै गएकाे भन्दै मन्त्रायले साे प्रस्ताव लगेकाे थियाे । यस वर्षको एसईई जेठ १३ गतेलाई तोकिएपनि बढ्दो काेभिडका कारण हुन सकेको थिएन ।

राष्ट्रिय परिक्षा बोर्डले आइतबार एसईईको परिक्षा वैकल्पिक विधिबाट गर्ने व्यवस्था मिलाउने व्यवस्था गर्न भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई प्रस्ताव गरेको थियो ।  काेभिड जाेखिमका कारण गत वर्ष पनि आन्तरिक मूल्यांकबाटै नतिजा सार्वजनिक गरिएकाे थियाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !