१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

देशभरका सरकारी अस्पतालमा पत्रकारको उपचार निःशुल्क

प्रकाशित मिति :  १५ जेष्ठ २०७८, शनिबार १३:३५


काठमाडाैं । सरकारले देशभरका सरकारी अस्पतालमा पत्रकारको उपचार निःशुल्क गर्ने भएकाे छ

शनिबार आर्थिक वर्ष ०७८-७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले नेपाल पत्रकार महासंघको सदस्यता लिएका पत्रकारलाई आगामी आर्थिक वर्षदेखि निःशुल्क उपचार गर्ने व्यवस्था गरिएकाे जानकारी दिनुभयाे ।

पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई प्रेस काउन्सिलले जारी गरेको उपचार परिचयपत्रका आधारमा सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरिएकाे उहाँले बताउनुभयो

श्रमजीवी पत्रकारका लागि ७ लाखसम्मको दुर्घटना बीमाकाे व्यवस्था मिलाइएकाे जानकारी दिँदै उहाँले यसका लागि बीमा शुल्क सरकारले तिर्ने बताउनुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !