१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

तीनकुने-जडीबुटीमा सुरुङमार्ग बनाउन १ अर्ब ८० करोड

प्रकाशित मिति :  १५ जेष्ठ २०७८, शनिबार १२:४३


काठमाडौं । काठमाडाैंकाे तीनकुने-जडिबुटी क्षेत्रमा सुरुङ मार्ग बन्ने भएकाे छ ।

सरकारले काठमाडौंको सबैभन्दा धेरै जाम हुने कोटेश्वर क्षेत्रमा सुरुङ मार्ग बनाउने घाेषणा गरेकाे हाे । शनिबार आगामी आर्थिक वर्ष ०७८ -७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले तीनकुनेदेखि जडिबुटीसम्म सवारीको चाप व्यवस्थापनका लागि सुरुङ मार्ग बनाइने जानकारी दिनुभयाे ।

त्यसका लागि १ अर्ब ८० करोड रुपैयाँ बजेट विनियोजन गरिएको अर्थमन्त्री पौडे‍लले जानकारी दिनुभयाे । नेपाल सुरुङ युगमा प्रवेश गरेकाे उहाँकाे भनाइ छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !