१८ बैशाख २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

काेभिड-१९ संक्रमणमुक्त हुनेकाे संख्या आज पनि बढ्याे

प्रकाशित मिति :  १४ जेष्ठ २०७८, शुक्रबार १२:१८


काठमाडाैं । नेपालमा काेभिड-१९ संक्रमणमुक्त हुनेकाे संख्या आज पनि बढेकाे छ ।

गत २४ घण्टामा ९ हजार ८ सय ४१ जना संक्रमित निकाे भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । एकै दिन काेभिडबाट निको हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो । तीन दिन यता संक्रमित भन्दा निकाे हुनेकाे संख्या बढ्न थालेकाे छ । निको हुने दर ७८. १ प्रतिशत रहेको मन्त्रालयले जनाएकाे छ  ।

गत २४ घण्टामा ६ हजार ९ सय ५१ संक्रमित थपिएका छन् । १९ हजार ३ सय १३ काे पीसीआर गर्दा ६ हजार ८ सय ५५ र ७ सय ९७ जनाकाे एन्टिजेन परीक्षण गर्दा ९६ जनामा संक्रमण पुष्टि भएकाे हाे । याेसँगै नेपालमा काेभिड संक्रमितकाे संख्या ५ लाख ४९ हजार १ सय ११ पुगेकाे छ । तीमध्ये ४ लाख २८ हजार ६७० जना निको भएका छन् ।

गत २४ घण्टामा  थप ९६ जना संक्रमितको ज्यान गएको मन्त्रालयले जनाएको छ । याेसँगै काेभिडबाट ज्यान गुमाउनेकाे संख्या ७ हजार ४७ पुगेको छ । हाल देशभर १ लाख १३ हजार ३९४ जना सक्रिय संक्रमित छन् । देशभर ८ सय ९ जना क्वारेन्टिनमा छन् ।



प्रतिक्रिया दिनुहोस !