५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

पार्टी एकतालाई अगाडि बढ्न नदिने तत्वका कारण एमालेमा विवाद देखियाे-प्रधामन्त्री केपी शर्मा ओली

प्रकाशित मिति :  १४ जेष्ठ २०७८, शुक्रबार १२:०३


काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधामन्त्री केपी शर्मा ओलीले नेकपा एमालेलाई अन्तहीन विवादको थलो बनाउने प्रयास भइरहेको बताउनुभएको छ ।

शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीमा विवाद गरी देशमा अस्थिरता निम्त्याउने तत्व क्रियाशील रहेको बताउनुभयो । नेकपा विघठन पछि एमालेलाई नै वृहत एकताको पार्टी बनाएर अघि बढाउने प्रयन्त गरिरहेको भए पनि त्यसलाई सफल हुननदिने शक्ति लागिहेको उहाँले बताउनुभयो ।

पार्टी एकतालाई अगाडि बढ्न नदिने तत्वका कारण एमालेमा विवाद देखिएको उहाँले बताउनुभयो । ‘पार्टीलाई गुटहरुको मोर्चा र अन्यत्यहीन विवादको थलो बनाउने केही नेताको कारण हाम्रा प्रयास सफल हुन सकेका छैनन्’, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

पार्टी विभाजनमा लागेका नेतालाई विभाजनकारी गतिविधि प्रति रत्तिभर गल्तिबोध नभएको पनि उहाँले बताउनुभयो । कहिले संसद्मा अनुपस्थित हुने, कहिले फ्लोर क्रस गराउने तथा कहिले विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउने हस्ताक्षर गर्ने काम गर्दा पनि उहाँहरुलाई गल्तिवोध नभएको प्रधानमन्त्रीको भनाइ छ ।

अहिले पनि आफू पार्टीलाई एक बनाएर लैजाने कुरामा नै प्रयत्नरत रहेको उहाँले बताउनुभयो । अन्तिमसम्म पनि पार्टीलाई एक बनाउने प्रयत्नमा लागि रहने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।



प्रतिक्रिया दिनुहोस !