५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

निर्वाचनमा कुनै शंका छ भने आउनुसोस् सबै दल मिलेर राष्ट्रिय सरकार बनाऔँ-प्रधानमन्त्री केपी शर्मा ओली

प्रकाशित मिति :  १४ जेष्ठ २०७८, शुक्रबार ११:१०


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनमा जानुलाई प्रतिगमन भन्नु जनताको सार्वभौमसत्तालाई अस्वीकार गर्नु भएको बताउनुभएको ।

प्रधानमन्त्री ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै जनतामा जाने कुरा लोकतन्त्रको विरुद्ध हुनैनसक्ने बताउनुभयो ।

सत्ता स्वार्थको लागि पार्टी फुटाउने आत्मारतिमा केही नेता रमाएको उहाँले बताउनुभयो । यस्तो अलोकतान्त्रिक क्रियाकलापले लोकतन्त्र र राजनीतिक दललाई फाइदा नपुग्ने प्रधानमन्त्रीले बताउनुभयो । अलोकतान्त्रिक क्रियाकलाप बढ्दै गएकोमा प्रधानमन्त्रीले चिन्ता व्यक्त गर्नुभयो । ‘यसले लोकतन्त्र नै गुम्ला कि भन्ने हो’, उहाँले भन्नुभयो ।

उहाँले निष्पक्ष चुनाव हुने विषयमा शंका नगर्न पनि आग्रह गर्नुभयो । ‘निर्वाचनमा कुनै शंका छ भने आउनुसोस् सबै दल मिलेर राष्ट्रिय सरकार बनाऔँ’, ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले आफूले संविधानको धारा ७६ (५) अनुसारको सरकार दाबी गर्दाको समयसम्म एमालेका १२१ र जनता समाजवादी पार्टीका ३२ जना सांसद् रहेको बताउनुभयो । तर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री दाबीमा पनि एमाले र जसपाका केही सांसदले हस्ताक्षर गरेको कारण आफ्नो दाबीमा समते राष्ट्रपतिले विश्वासनीय आधार नदेखेको कारण प्रतिनिधि सभा विघटन हुन पुगेको उहाँले बताउनुभयो ।

बहुदलीय लोकातन्त्रको आधारस्थम्भ भनेका राजनीतिक पार्टी भएको बताउँदै कांग्रेस माओवादीको क्रियाकलापले राजनीतिक पार्टीलाई नै कमजोर बनाउने काम गरेको उहाँले बताउनुभयो । सत्ताकै लागि अन्य पार्टीलाई विभाजन गर्नु लोकतन्त्रको लागि उपयुक्त नहुने उहाँले बताउनुभयो ।

यो केवल आफ्नो लागि मात्र नभनेको प्रधानमन्त्रीले बताउनुभयो । उहाँले सत्तालाई साधन र साध्य दुबै ठान्नेको कारण व्यवस्था नै संकटमा पर्ने बताउनुभयो । ’हाम्रा लागि सत्ता साधन मात्र हो साध्य होइन’, प्रधानमन्त्रीले भन्नुभयो ।



प्रतिक्रिया दिनुहोस !