५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

स्वास्थ्यकर्मीहरुमाथि आक्रमण गर्नेलाई कडा कारबाही हुन्छ-प्रम ओली

प्रकाशित मिति :  १४ जेष्ठ २०७८, शुक्रबार ११:००


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यकर्मीहरुमाथि भएको आक्रमणबारे निन्दा गर्नुभएकाे छ ।

शुक्रबार राष्ट्रका नाममा सम्बाेधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्र सेवक कर्मचारी र स्वास्थ्यकर्मीमाथि भएको आक्रमणलाई सामान्य रुपमा लिन नसकिने बताउनुभयाे ।स्वास्थ्यकर्मीमाथि आक्रमण भएका समाचार आइरहेको भन्दै उहाँले संक्रमितको उपचारमा दिन रात नभनी खटिएका स्वास्थ्यकर्मीहरुमाथि भएको आक्रमण सह्य नहुने बताउनुभयाे ।

स्वास्थ्यकर्मीहरुमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्ने बताउँदै उहाँले भन्नुभयाे – ‘संक्रमितको उपचार र व्यवस्थामा खट्ने स्वास्थ्यकर्मी हामी सबैका आदर सम्मानका पात्र हुनुहन्छ, स्वास्थ्कर्मी र राष्ट्रसेवकमाथि हुने आक्रमण ड्युटीमा खटिएका सुरक्षाकर्मी माथि हुने आक्रमण सरह हाे, राष्ट्रसेवक कर्मचारीमाथि भएको आक्रमण क्षम्य हुँदैन ।’

बिहीबार राति बाँकेको नेपालगञ्जमा रहेको भेरी अस्पतालमा काेभिड संक्रमितको ज्यान गएपछि मृतकका आफन्तले डाक्टर र नर्सलाई कुटपिट गरेका थिए । साे घटनाकाे चाैतर्फी आलाेचना भइरहेकाे छ



प्रतिक्रिया दिनुहोस !