५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

जसरी पनि काेभिड- १९ संक्रमण विरुद्धकाे खाेप ल्याइन्छ-प्रधानमन्त्री केपी शर्मा ओली

प्रकाशित मिति :  १४ जेष्ठ २०७८, शुक्रबार १०:५५


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जसरी पनि काेभिड- १९ संक्रमण विरुद्धकाे खाेप ल्याइने बताउनु भएकाे छ ।

शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोभिड विरुद्धको खोपको पहिलो डोज लगाएकालाई चाँडै नै दोस्रो डोज लगाइने बताउनुभयाे । उहाँले भन्नुभयो – ‘कोभिड विरुद्धको खोपको पहिलो मात्रा लगाएकालाई जसरी पनि दोस्रो मात्रा लगाइनेछ, त्यसैले निश्चिन्त हुन आग्रह गर्दछु ।’

सबैलाई कोभिड खोप लगाउनका लागि सरकारले खोप खरिदको प्रक्रिया तीब्र रुपमा अगाडि बढाएको उहाँले बताउनुभयो । खोजको असमान वितरण विश्वव्यापी नै रहेको र यो विश्वको साझा चुनौती रहेको पनि उहाँले बताउनुभयाे ।

जनताको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता रहेको उहाँले बताउनुभयो । कोभिड नियन्त्रणका लागि स्वास्थ्य सामग्री सहयोग गर्ने गैर आवासीय नेपाली संघ लगायतलाई प्रधानमन्त्रीले धन्यवाद दिनुभयो ।



प्रतिक्रिया दिनुहोस !