५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रतिनिधि सभा विघटनसम्बन्धी रिटकाे सुनुवाइ आइतबारसम्मका लागि स्थगित

प्रकाशित मिति :  १४ जेष्ठ २०७८, शुक्रबार १०:४४


काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी रिटकाे सुनुवाइ आइतबारसम्मका लागि स्थगित भएकाे छ ।

सर्वाेच्चकाे संवैधानिक इजलासमा सुनुवाइकाे तयारी भइरहेका बेला विवाद भएपछि सुनुवाइ स्थगित भएकाे हाे । संवैधानिक इजलासमा रिट निवेदक पक्षका वकिल र महान्यायाधिवक्ता रमेश बडालबीच विवाद भएपछि  रिटमाथिको सुनुवाइ आइतबारसम्मका लागि स्थगित भएको सर्वाेच्चले जनाएकाे छ ।

पाल कम्युनिष्ट पार्टी (नेकपा)लाई दुई टुक्रा हुने गरी फैलसा गर्ने न्यायाधीश बमकुमार श्रेष्ठलाई संवैधानिक इजलासमा राखिएको भन्दै गोविन्द बन्दी लगायत कानुन व्यवसायीले आपत्ति जनाएपछि इजलासमा विवाद भएको थियो । त्यसपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित पाँच जनाको संवैधानिक इजलासले आइतबार सम्मका लागि सुनुवाइ स्थगित गरेकाे हाे ।

विघटनसम्बन्धी रिटकाे सुनुवाइ गर्न प्रधानन्यायाधीश जबराको नेतृत्वमा आज संवैधानिक इजलास गठन भएको थियाे । सो इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहुनभएको छ ।



प्रतिक्रिया दिनुहोस !