१८ बैशाख २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

कञ्चनपुरमा गणतन्त्र दिवस तीन दिनसम्म मनाइने

प्रकाशित मिति :  १४ जेष्ठ २०७८, शुक्रबार ०४:०९


कञ्चनपुर । गणतन्त्र दिवस कञ्चनपुरमा तीन दिनसम्म भव्यताका साथ मनाइने भएको छ । जेठ १४, १५ र १६ गते गणतन्त्र दिवस मनाइन लागेको हो ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकीय अधिकृत कृष्णनन्द जोशीका अनुसार गणतन्त्र दिवसका आवसरमा जिल्लास्थित सबै सरकारी, सार्वजनिक कार्यालय एवं सामुदायिक सङ्घसंस्थाले राष्ट्रिय झण्डा एवं ब्यानर सजाइ कार्यालय र परिसरको सरसफाइ गर्ने कार्यक्रम तय गरिएको छ ।

जिल्लाभित्र रहेका धार्मिक, सांस्कृतिक सम्पदास्थलको सरसफाइसहित सौन्दर्यीकरण अभिवृद्धि गर्ने कार्य गरिने छ । सरकारी तथा सार्वजनिक निकायका कार्यालय सार्वजनिक महत्वका सम्भाव्यस्थलमा दीप प्रज्ज्वलन तथा जिल्लावासी आमनागरिकले घरघरमा साँझ दीपावली गरिने छ ।

गणतन्त्र दिवसका सन्दर्भमा सरकारी, गैरसरकारी तथा सामुदायिक सङ्घसंस्थाले भर्चुअल विद्युतीय माध्यमबाट रचनात्मक, सिर्जनात्मक, सन्देशमूलक जनचेतनामूलक कार्यक्रम गर्ने व्यवस्था गरिएको छ । कार्यक्रम गर्दा जनस्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरिने बताइएको छ ।
–रासस



प्रतिक्रिया दिनुहोस !