२२ बैशाख २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमालेले पठायाे माधव गुटका थप १२ सांसद्लाई स्पष्टिकरण पत्र

प्रकाशित मिति :  १२ जेष्ठ २०७८, बुधबार १०:२८


काठमाडाैं ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले माधव गुटका थप १२ सांसद्लाई स्पष्टिकरणपत्र पठाइएको छ ।

आफ्नाे पार्टी नेतृत्वकाे सरकार ढाल्न र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १२ जनालाई एमालेले बुधबार स्पष्टिकरण पत्र पठाएकाे हाे ।

जेठ १० गते बसेकाे स्थायी कमिटी बैठकको निर्णयअनुसार आज पत्र पठाइएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले  जानकारी दिनुभयो

घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, दीपकप्रसाद भट्ट, नारायण खतिवडा, मेटमणी चौधरी, यज्ञराज सुनुवार, झपट रावल, भवानीप्रसाद खापुङलाई एमालेले स्पष्टिकरणपत्र पठाएको हाे ।

स्पष्टिकरणपत्रको जवाफ हेरेर साेही अनुसार कारबाही गरिने एमालेकाे तयारी छ । जेठ १० कै स्थायी कमिटी बैठकले झलनाथ खनाल, माधवकुमार नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्यता नरहनेगरी निष्कासन गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !