२२ बैशाख २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कांग्रेस पदाधिकारी बैठकको निर्णय: सरकारको ध्यान कोभिड नियन्त्रणमा केन्द्रीत होस्

प्रकाशित मिति :  १२ जेष्ठ २०७८, बुधबार ०८:०४


काठमाडौं । नेपाली कांग्रेसले सरकारलाई कोभिड नियन्त्रणमा ध्यान केन्द्रित गर्न आग्रह गरेको छ ।

सरकारले कोभिड संक्रमण नियन्त्रण गर्न भन्दा पनि यसको आडमा राजनीतिक गर्न खोजेको कांग्रेसको आरोप छ । ‘सरकार जनतामा आतंक फैलाउन खोज्दै छ’, देउवा निवास बुढानिलकण्ठमा बुधबार सम्पन्न पदाधिकारी बैठक पछि कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले पत्रकारसँग भन्नुभयो ।

बैठकले नागरिकलाई कोभिडको कारण जीविकोपार्जनमा समस्या भएकोले त्यसमा ध्यान दिन आग्रह गरेको उहाँले बताउनुभयो ।   पत्रकारसँग कुरा गर्दै महतले भन्नुभयो, ‘सरकार कोरोना रोकथाममा केन्द्रित होस्, जीविकोपार्जनमा समस्या भएकाहरूलाई राहत देओस् ।’

सरकारले संक्रमितको उपचारमा ध्यान नदिएको तथा परीक्षणको दायरा नबढाएको भन्दै त्यसको कांग्रेस बैठकले निन्दा गरेको उहाँले बताउनुभयो । कांग्रेसले सरकारलाई बुझाएको १५ बुँदे ध्यानाकर्षणपत्रको कार्यान्वयनमा समेत सरकारले ध्यान नदिएको कांग्रेसको आरोप छ ।



प्रतिक्रिया दिनुहोस !