१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

‘कोभिड अस्थायी अस्पताल’ सञ्चालनमा

प्रकाशित मिति :  ११ जेष्ठ २०७८, मंगलवार ०८:४३


बनेपा । महाभारत गाउँपालिकाले गाउँमै उपचारको व्यवस्था मिलाउन ‘कोभिड अस्थायी अस्पताल’ सञ्चालन गरेको छ ।

पहिला कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देख्दासमेत परीक्षण कहाँ गएर गर्ने भन्ने चिन्ताले सताइरहेको बेलामा गाउँमै सुविधासम्पन्न ‘कोभिड अस्थायी अस्पताल’ सञ्चालनमा आएपछि मनोबल बढेको स्थानीयवासीले बताएका छन् ।

‘कोभिड अस्पताल सञ्चालन पश्चात् आम नागरिकमा खुशीको माहोल सिर्जना भएको छ’, स्थानीयवासी होमेन्द्र रानामगरले भन्नुभयो, ‘हिजोका दिनमा कहाँ गएर परीक्षण गर्ने, कसरी गर्ने भन्ने चिन्ता थियो । स्वाब संकलन गरे पनि नतिजा आउन तीन/चार दिन लाग्ने गरेको थियो ।

अहिले भने आधा घण्टामा नै नतिजा थाहा पाउने अवस्था रहेकोले अब अस्पतालबाट हुने उपचारको अभावमा विरामीले मृत्युवरण गर्न नपर्लाकी भन्ने आशा जागेको छ । सामुदायस्तरमा कोरोना फैलिएको हो कि भन्ने डर गाउँलेमा भएकाले उक्त डरलाई चिर्न कोरोना परीक्षण गर्नुपर्छ भन्ने माग गाउँको भएको उहाँले बताउनुभयो ।

गाउँलेको अवस्थालाई मध्यनजर गरी काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित महाभारत गाउँपालिका–८ घर्तिछापमा निकै कष्टका बाबजुद ‘कोभिड अस्थायी अस्पताल’ सञ्चालनमा ल्याउन सफल भएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !