२२ बैशाख २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमालेका यी तीन निर्णयले माधव गुटलाई ठूलै धक्का

प्रकाशित मिति :  १० जेष्ठ २०७८, सोमबार १५:३९


.

काठमाडौं । नेकपा एमालेकाे स्थायी कमिटी बैठकले तीन वटा निर्णय गरेकाे छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा साेमबार बसेकाे एमाले स्थायी कमिटी बैठकले गरेका ती निर्णयले माधव गुटलाई ठूलै धक्का लागेकाे छ । माधव गुटमा भूकम्प गएकाे छ ।  पार्टीले कडा कारबाही गरेपछि माधवकुमार नेपाल र झलनाथ खनालहरुकाे विचल्ली हुने भएकाे छ ।

बैठकले माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ सांसद्लाई पार्टीकाे साधारण सदस्य समेत नरहनेगरी निष्कासन गरेकाे छ ।  एमाले प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार स्पष्टिकरणको जवाफ नदिएकाले माधव गुटका ११ सांसद्लाई निष्कासन गरिएको हाे ।

आफ्नाे पार्टी नेतृत्वकाे सरकार ढाल्न र प्रतिपक्षीकाे सरकार बनाउने खेलमा लागेपछि एमालेले ११ सांसद्लाई पार्टीबाट हटाएकाे हाे । एमालेकाे निर्णय लगत्तै निष्कासित नेताहरुले कारबाहीकाे अर्थ नहुने र नयाँ पार्टी खाेल्ने प्रतिक्रिया दिइरहेका छन् ।

बैठकले माधव गुटका थप १२ सांसद्लाई पनि स्पष्टिकरण साेधेकाे छ । बैठकले त्रिलोचन भट्ट नेतृत्वको सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने पनि निर्णय गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस !