१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

दमकमा जस्ता मेयर उस्तै वडाध्यक्ष, यसरी खटिदै कोभिड रोकथाममा

प्रकाशित मिति :  १० जेष्ठ २०७८, सोमबार ११:५१


झापा । ‘मैले कोभिडलाई पराजित गरेको छु, यसले कति पीडा दिन्छ र कति गाह्रो बनाउँछ भन्ने भोग्नेलाई मात्र थाहा हुन्छ’ – दमक नगरपालिका–१० का वडाध्यक्ष बोधराज न्यौपाने भन्नुहुन्छ ।

कोभिडले दिएको पीडा थाहा भएकै कारण वडावासीलाई जोगाउन दिनरात खटिएको न्यौपानेले बताउनुभयो । पहिलो भेरियन्टमा आफू एक महिना थला परेको उहाँले सुनाउनुभयो ।

कोभिड नियन्त्रणका लागि कसरी काम गर्नुभएको छ ? भन्ने प्रश्नमा वडाध्यक्ष न्यौपानेले भन्नुभयो – ‘कोरोनाबाट कोही पनी संक्रिमित नहुन् भनेर वडामा सकेसम्म कडाइ गरेका छौं, म पनि दिन रात नभनि खटिएको छु ।’
नगरवासीको दुखमा सारथी बन्ने वडाध्यक्ष न्यौपाने कोभिडले कसैलाई नछोवस् भनेर कठोर बनेको बताउनुहुन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भनेजस्तै जनताको जीवन रक्षा हाम्रो पहिलो प्राथमिकता हो, जनताकै लागि कतिपय कुरामा कठोर बन्नुपर्छ, म मेरो वडामा कोभिड विरुद्ध निरन्तर लागि परेको छु, बजार क्षेत्रबाट गाँउमा कोभिड भित्रने जोखिम रहेकाले अत्यावाश्यक काम बाहेक कसैलाई पनि बजार प्रवेश गर्न दिएको छैन, जनस्वास्थ्य मापदण्डमा कडाइ गरेका छौं’– उहाँले भन्नुभयो । त्यति मात्र होइन कोरोना समन्वय समिति गठन गरेर र प्रहरीलार्ई गस्तीमा राखेर नगरिकको सुरक्षा गरिरहेको पनि न्यौपानेले बताउनुभयो ।

वडाध्यक्ष न्यौपाने आफ्नो वडामा मात्र होइन नगरक्षेत्रभर नै खटिनुहुन्छ । संक्रमितको मनोबल बढाउन औषधि बोकेर उनीहरुको घरदैलोमा पुग्नुहुन्छ । ‘स्वास्थ्यकर्मी पठाएपछि म नजाँदा पनि केही फरक पर्दैन, तर कसैलाई संक्रमण भयो भन्ने थाहा पाउनासाथ आफै नकुँदी मन मान्दैन, त्यसैले स्वास्थ्यकर्मीसहित बिरामीकोमा पुग्छु’ – उहाँले भन्नुभयो ।

त्यतिमात्र होइन वडाध्यक्ष न्यौपानेले अस्पताल जानुपर्ने संक्रमित तथा बिरामीका लागि पनि सहजीकरण गर्नुहुन्छ । एम्बुलेन्सको व्यवस्था मिलाउनुहुन्छ । कोभिडले नेपाललाई सताइरहेको छ । यसबाट दमक पनि अछुतो छैन । तर नगर प्रमुख रोमथाम ओलीको सुझबुझपूर्ण निर्णयका कारण दमकमा कोभिड नफैलिएको र अरु ठाउँमा जस्तै ठूलो क्षति भोग्नु नपरेको वडाध्यक्ष न्यौपानेले बताउनुभयो । ‘कोभिड फैलिए पनि मेयर ज्युको नेतृत्वमा कोरोना विभिन्न चमत्कारीक कामहरु भएका छन्, जसका कारण कोभिड नियन्त्रणमा ठूलो सहयोग भएको छ’– न्यौपानेले भन्नुभयो ।

उहाँका अनुसार कोभिड अस्पताल, एम्बुलेन्स सेवा र अरु निजी अस्पतालसँग दमक नगरले समन्वय गरेर काम गरिरहेको छ । संक्रमितको उपचार र व्यवस्थापनमा कुनै कसर बाँकी राखेको छैन ।  ‘नगरले सातामा दुईपटक पीसीआर परीक्षण गर्छ, बिरामीलाई आइसोलेशनमा बस्न राम्रो व्यवस्था गरेको छ, अक्सिजनक अभाव हुन दिएको छैन, घर–घरमा पुगेर बिरामीको अबस्था बुझ्ने, आवश्यक औषधि र पोषणयुक्त खानाहरु दिने जस्ता उत्कृष्ठ का गरिहेको’– उहाँले भन्नुभयो ।

जस्ता मेयर उस्तै वडाध्यक्ष भनेजस्तै वडाध्यक्ष न्यौपानेले पनि कोभिड नियन्त्रणमा पहल गरिरहनुभएको छ । वडा नम्बर–१० बजार क्षेत्रबाट टाढा छ । सो वडामा अहिले १४ जनामा कोभिड देखिएको छ । तीमध्ये २ जना संक्रमितको अस्पतालमा उपचार जारी छ, बाँकी होम आइसोलेशनमा छन् ।

दमक नगरभर भने ६ सय २९ सक्रिय संक्रमित छन् । अहिलेसम्म १४ जना संक्रमितले ज्यान गुमाएका छन् । वडामा विवाह, ब्रतवन्ध, मलामीमा पनि नागरिकलाई सचेतना अपनाएर सकेसम्म थोरै जमघटमा काम गरिहेको बताउनुभयो । वडामा होटल चलाउन र जमघट गर्न निषेध गरिएको छ । जनस्वास्थ्य मापदण्ड पालनामा कडाइ गरिरहेको पनि उहाँले बताउनुभयो ।

दमक नगरपालिकाले कोभिड रोकथामका लागि विभिन्न योजना बनाएर काम गरिरहेको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !