१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रधानमन्त्री ओली आफ्नो सरकारलाई राष्ट्रिय सरकार बनाउने प्रयासमा

प्रकाशित मिति :  ९ जेष्ठ २०७८, आईतवार ११:२७


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सरकार बनाउन प्रयास थाल्नुभएको छ । वर्तमान मन्त्रिमण्डलमै अन्य पार्टीलाई सहभागी गराएर उहाँले सरकारलाई राष्ट्रिय सरकारको स्वरुप दिन खोज्नुभएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज सञ्चारकर्मीहरुसँगको अन्तक्रियामा प्रधानमन्त्री ओलीले चुनावी सरकार या राष्ट्रिय सरकार बनाउन आफूले चाहेको जानकारी दिनुभएको हो ।

‘तर, संविधान भित्रैबाट त्यस्तो सरकार बन्ने हो । यो संविधानमा कसरी कसरी प्रधानमन्त्री नियुक्त हुन्छन् भन्ने पनि ध्यान दिनुपर्छ’– प्रधानमन्त्रीको यो अभिव्यक्तिबाट के प्रष्ट भयो भने उहाँ आफ्नै नेतृत्वको वर्तमान सरकारलाई राष्ट्रिय सरकारको स्वरुप दिन चाहनुहुन्छ ।

अहिले प्रधानमन्त्रीको साथमा सातवटा मन्त्रालय छ । ती मन्त्रालय आफूसँग सधैं नरहने भन्दै उहाँले अन्य दलहरुलाई मन्त्रालय दिने विचार राख्नुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !