१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कोभिडले मेचीनगरका वडा अध्यक्ष चन्दन मेचेको ज्यान लियाे

प्रकाशित मिति :  ८ जेष्ठ २०७८, शनिबार १०:५९


झापा । कोभिड संक्रमितको सेवा गर्दा गर्दै मेचीनगर नगरपालिका वडा नंवर ७ का वडा अध्यक्ष चन्दन मेचेको कोभिड १९ ले ज्यान लिएको छ ।

मेचे समाज प्रेमी, विकास प्रेमी, न्याय प्रेमी हुनुहुन्थ्याे ।

विराट सिटी अस्पताको भेन्टिलेटरमा उहाँको निधन भएको हो ।

विगत १० दिन देखि उहाँमा कोभिड संक्रमण देखिएको थियो । उहाँको परिवारमा पत्नी र तीन छोरा छन् ।

‘अत्यन्तै मिलनसार, विकास प्रमी सहयोगी भावना भएको व्यक्ति  नगरले गुमाउँदा नगरवासीलाई  अपूरणीय क्षति पुगेको नगर उप–प्रमुख मिना पोखरेल (उप्रेती)ले सनराइज खबरलाई बताउनुभयो ।

अहिले नगरमा चार सय आठ जना संक्रमित छन् ,भने हाल सम्म ११ जनाको कोभिडले ज्यान गएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !