१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

संक्रमितकाे घर–घरमा औषधी पुर्‍याउँदै दमक नगरपालिका

प्रकाशित मिति :  ८ जेष्ठ २०७८, शनिबार ०६:०१


झापा । अहिले दमक नगरपालिका कोरोना संक्रमितका घर–घरमा औषधी पुर्याउन र विरामीको सेवामा खटिएको छ ।
कोभिड संक्रमण भई घर बसेका र अस्पताल भर्ना भएका नागरिकको सेवामा नगरपालिका खटिएको हो ।

नगरका कुनै नागरिकलाई केही समस्या भए सिधै टेलिफोन गरेर घरमै औषधी, सचेतना पत्र प्राप्त गर्न सकिने दमक नगरपालिकाका मेयर रोम ओलिले बताउनुभयो ।

मेयर ओलिले ‘घर बस्दा कुनै नागरिकलाई समस्या परेमा तुरुन्त सम्पर्क गरेर नगरले सञ्चालन गरेको कोरोना अस्पताल, आम्दा अस्पताल, लाइफलाईन अस्पतालमा लैजान सकिने पनि बताउनुुभयो’ ।
अस्पतामा रहेका विरामीको हकमा नगरले चिकित्सकसँग निरन्तर सम्पर्क गरेर विरामीको स्वास्थ्य अबस्था बुझिरहेको पनि मेयर ओलीले बताउनुभयो ।

दमकमा अहिलेसम्म सात सय ५० संक्रमित मध्य दुई सय ४९ जना निको भएर घर फर्किएका छन् भने ११ ले कोभिडका कारण ज्यान गुमाउनु परेको छ ।
यो सँगै अहिले दमका संक्रिय संक्रमितको संख्या चार सय ९० रहेको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !