१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

‘सान्वी मेडिको’ मेडिकल सिल

प्रकाशित मिति :  ८ जेष्ठ २०७८, शनिबार ०२:५१


वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौंडामा बजारमा मूल्यभन्दा दोब्बरमा स्वास्थ्य सामग्री बेचेको आरोपमा  एक मेडिकल सिल गरिएको छ ।

शुक्रबार जिल्ला प्रशसन कार्यलय मकवानपुरले गरेको अनुगमनमा  मेडिकलले अक्सिमिटर  बजार मुल्य भन्दा  निकै महंगाेमा बिक्री गरेको जनाउदै राप्तीरोडमा रहेको ‘सान्वी मेडिको’ मेडिकल सिल गरेको हो   ।

साथै मेडिकलका स्वास्थ्यकर्मी हेटौंडा–७ की २५ वर्षीया नीशा आचार्य र हेटौंडा–९ की  १८ वर्षीया मनिता मल्ललाई नियन्त्रणमा लिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा सहित उपभोक्ता हित तथा संरक्षण मञ्च सहितको टोलीले अनुगमन गरेको थियो । सिल गरिएको मेडिकललाई कालोबजारी अन्तर्गतको मुद्धा चलाइने जनाइएको छ । उनीहरुलाई सोधपुछको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर लगिएको छ ।

नगरकार्यपालीका सदस्यको ज्यान गयाे

हेटौंडा उपमहानगरपालिकाका नगरकार्यपालिका सदस्य रत्नलाल विश्वकर्माको शुक्रबार कोरोना संक्रमणको कारण ज्यान गएको छ । नेकपा एमालेको जिल्ला सदस्य समेत रहनुभएका विश्वकर्माको ५८ वर्षको उमेरमा  उपचारको क्रममा  हेटौँडा अस्पतालमा ज्यान गएको हो ।

-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !