१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

काेभिड-१९ संकट व्यवस्थापन सम्बन्धी अध्यादेश ल्याएसँगै सीसीएमसी स्वत: खारेज

प्रकाशित मिति :  ८ जेष्ठ २०७८, शनिबार ०२:१९


काठमाडाैं ।  कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) खारेज भएकाे छ ।

सरकारले काेभिड-१९ संकट व्यवस्थापन सम्बन्धी अध्यादेश ल्याएसँगै सीसीएमसी स्वत: खारेज भएकाे हाे । सरकारले बिहीबार ल्याएकाे साे अध्यादेश शुक्रबार नेपाल राजपत्रमा प्रकाशित भएकाे थियाे ।

साे अध्यादेशमा प्रधानमन्त्रीकाे नेतृत्वमा कोभिड-१९ निर्देशक समिति गठन गर्ने प्रावधान राखिएकाे छ । साेहीअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीक नेतृत्वमा समिति गठन भएकाे छ । याेसँगै संवैधानिक रुपमा सीसीएमसी खारेज भएकाे हाे । समितिमा उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री, गृहमन्त्री,लगायत रहने व्यवस्था गरिएको छ ।

साे समितिकाे कार्यालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय सिंहदरबारमा रहनेछ ।

मन्त्रिपरिषद्काे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार ‘कोभिड-१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ जारी गर्नुभएकाे थियाे । साे अध्यादेशमा स्वास्थ्य आपतकाल घाेषणा हुन सक्ने लगायत प्रावधान राखिएकाे छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !