१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

देउवाको पक्षमा गरिएको हस्ताक्षरलाई मान्यता नदिन जसपाको पत्र

प्रकाशित मिति :  ७ जेष्ठ २०७८, शुक्रबार १६:०९


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन जसपाका सांसद्हरुले गरेको हस्ताक्षरलाई मान्यता नदिन पत्र पठाएको छ ।

राष्ट्रपति कार्यालयमा पत्र पठाई देउवालाई प्रधानमन्त्री बनाउन जसपाका १२ जना सांसद्ले गरेको हस्ताक्षरलाई मान्यता नदिन अनुरोध गरेको हो । आज जसपाका १२ जना सांसद्ले कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री बनाउने पक्षमा हस्ताक्षर गरेका थिए ।

जसपा संसदीय दलका नेता राजेन्द्र महतोले पत्र लेखी पार्टी निर्णय विपरित हस्ताक्षर गर्ने ती सांसद् माथि कारबाहीको प्रक्रिया अघि बढाइएकोले सो हस्ताक्षरलाई मान्यता नदिन अनुरोध गरिएको छ । जसपाले केपी शर्मा ओलीलाई समर्थन गर्ने औपचारिक पत्र राष्ट्रपति कार्यालयमा बुझाइ सकेको छ ।

जसपाको उपेन्द्र बाबुराम गुटका १२ जना सांसद्ले देउवाको पक्षमा हस्ताक्षर गर्नुभएको थियो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !