१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमालेका २७ सांसद् कारबाहीमा

प्रकाशित मिति :  ७ जेष्ठ २०७८, शुक्रबार १५:५७


काठमाडौं । माधव नेपाल सहित एमालेका २७ जना सांसद् कारबाहीमा परेका छन् ।

नेपाल लगायत २७ जनालाई कारबाही गरेको पत्र राष्ट्रपति कार्यलयमा दर्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कारबाहीको हस्ताक्षर गरेको पत्र उहाँका कानुनी सल्लाहकार बाबुराम दाहालले भर्खरै राष्ट्रपति कार्यालयमा दर्ता गर्नुभएको हो ।

प्रधानमन्त्रीले विश्वासको मत लिन बोलाउनु भएको गत वैशाख २७ गते प्रतिनिधि सभा बैठकको मतदानको समयमा अनुपस्थित हुनुभएका ती सांसद्लाई पार्टीले यस अघि नै स्पष्टिकरण सोधेको थियो । स्पष्टिकरण सोधेका सांसद्लाई कारबाही गरेको पत्र आज राष्ट्रपति कार्यालयमा दर्ता भएको हो ।

ती मध्ये २६ जना सांसद्ले आज पनि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा हस्ताक्षर गरेका छन् ।


0
Shares

प्रतिक्रिया दिनुहोस !