१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

१५३ सांसद्का साथ पुन प्रधानमन्त्री बन्दै केपी ओली

प्रकाशित मिति :  ७ जेष्ठ २०७८, शुक्रबार ११:२१


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बहुमतकै सरकारको दावी गर्नुभएको छ । उहाँले नेकपा एमालेका १२१ सांसद् र जसपाका ३२ सांसद्को हस्ताक्षर सहित बहुमतको सरकारमा दावी गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउनुभएको पत्रमा एमाले संसदीय दलका नेता केपी शर्मा ओली र जसपा संसदीय दलका नेता राजेन्द्र महतोले हस्ताक्षर गर्नुभएको छ ।

नेकपा एमालेसँग एकसय २१ र जसपासँग ३२ जना सांसद् छन् । यसो गर्दा ओलीको साथमा कूल एकसय ५३ सांसद् हुने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले बताउनुभएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !