१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

वैकल्पिक सरकार बनाएमा म सहयोग गर्छु-प्रम ओली

प्रकाशित मिति :  ७ जेष्ठ २०७८, शुक्रबार ०७:४३


काठमाडौं । तपाईंहरु वैकल्पिक सरकार बनाउनुस् म दलका नेताहरुलाई आग्रह गर्छु– प्रधानमन्त्री केपी शर्मा ओलीले अपिल गर्नुभएको छ ।

आज एक पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीले भन्नुभयो– ‘मेरो रचनात्मक सहयोग  हुनेछ । सहयोगी भावनाका साथ मेरो दलको रचनात्मक भूमिका हुने छ ।’

‘कि मलाई समर्थन गर्नुस्, राष्ट्रिय सरकार बनाउँ, आउनुस् मेरो नेतृत्वमा राष्ट्रिय सरकार बनाउँ । सबै सहभागी हौँ । यस्तो बेला हामी सबै मिलेर महामारी विरुद्ध लडौँ ।’

सरकार ढाल्ने खेलमा दलभित्रैबाट विपक्षीसँग मिल्ने र सरकार ढाल्ने खेललाई लोकतन्त्रमा के भन्ने ? प्रश्न गर्दै ओलीले भन्नुभयो– ‘भित्रभित्रै मिर जाफर र मिर काशिमहरु उब्जाउने काम भए ।’

भइरेको सरकार नढाली पनि नहुने ढाल्न पनि नसक्ने भन्दै प्रधानमन्त्रीले विश्वासको मत पाउँदिन भन्दा भन्दै किन आएको भनेर संसद्मा सोधेका थिए भन्नुभयो ।

विश्वासको मत पाउँदिन भन्ने थाहा पाउँदा पाउँदै फेरि एक महिना पर्खिएर किन बस्ने भनेर आफूले मार्ग प्रसस्त गरेको बताउनुभयो । ‘अर्को वैकल्पिक सरकार बनाउन राष्ट्रपतिले समय दिनुभएको छ । वैकल्पिक सरकार बनाए भयो । वैकल्पिक सरकार बनाएमा म सहयोग गर्छु ।’


0
Shares

प्रतिक्रिया दिनुहोस !