१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कपिलवस्तु गोली काण्ड: सात पक्राउ

प्रकाशित मिति :  ६ जेष्ठ २०७८, बिहीबार १६:०८


काठमाडौं । कपिलवस्तुमा दुई जनालाई गोली हानि घाइते बनाएको घटनाको आरोपमा सात जना पक्राउ परेका छन् ।

अपरिचित व्यक्तिको गोली लागेर बुधबार राति दुईजना घाइते भएका थिए ।

कपिलवस्तु नगरपालिका–३ सडवास्थित सडकमा अपरिचित व्यक्तिको गोली प्रहारबाट कपिलवस्तु नगरपालिका–१ का ३४ वर्षीय दिपक पाण्डे र भारत सिदार्थनगर ग्राम चेतरी बजारका २६ वर्षीय ईयाज अख्तर मुसलमान घाइते हुनुभएको थियो ।

लु.९ प ८५२१ नम्बरको मोटरसाइकलमा जर्लैया खोलाबाट तौलिहवातर्फ आउँदै गरेका उनीहरुलाई मोटरसाइकलमा आएका तीनजना अपरिचित व्यक्तिहरुले गोली प्रहार गरेका थिए । खबर पाउनसाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले घाइते ईयाजलाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा र दिपकलाई भैरहवा मेडिकल कलेज पठाएको थियो ।

घटनास्थलबाट १ थान खोका, १ राउण्ड लाईभ बुलेट र १ थान चप्पल बरामद गरेको प्रहरीले जनाएको छ । उक्त घटनामा संलग्न रहेको अभियोगमा कपिलवस्तु नगरपालिका–१ नयाँ टोलका १९ वर्षीय राजेश नाउ सहित सात जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरु माथि प्रहरीले अनुसन्धान जारी राखेको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !