३ जेष्ठ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

हालसम्म ४३ हजारले लिए भेरोसेल

प्रकाशित मिति :  ६ जेष्ठ २०७८, बिहीबार ०९:५९


काठमाडौं । काठमाडौं महानगरपालिकामा संचालित केन्द्रबाट हालसम्ममा ४३ हजार १८ जनाले कोभिड–१९ विरुद्धको (चिनियाँ खोप) भेरोसेलको दोस्रो मात्रा लिएका छन् ।

पहिलो मात्रा दिएकालाई यही जेठ २ गतेदेखि भेररोसेलको दोस्रो मात्रा दिन थालिएको हो ।

यसरी खोप लिनेमा २३ हजार चार सय ८५ पुरुष र १९ हजार पाँच३३ महिला छन् । यो संख्या कामपाको  वडास्तरीय ३२ वटा खोप केन्द्र र त्रिवि शिक्षण अस्पतालमा भएको एउटा गरी ३३ खोप केन्द्रको संख्या हो । यीमध्ये सबैभन्दा धेरै वडा नं २६ को खोप केन्द्र लैनचौरबाट दुई हजार चार सय ९२ ले खोप लिएका छन् । वडा १६ को बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र जुडो हल केन्द्रबाट दुई हजार चार सय २७ ले र तेस्रोमा वडा नं ३२ बाट दुई हजार तीन सय ८५ ले खोप लिएका छन् ।

कामपामा ११ वडामा खोप लिनेको संख्या एक हजारभन्दा कम रहेको छ । यी वडामा सबैभन्दा थोरै, वडा नं १९ बाट एक सय ९७ जनाले, त्यसपछि वडा नं २० मा तीन सय ९४ र तेस्रोमा वडा नं २४ मा ४०८ जनाले खोप लिएका छन् । त्यसपछि वडा नं २१, २८, २३, २२, १८, ८, २५ र ३० मा क्रमशः चास सय १९, ४४२, चास सय ८७, पाँच सय २५, ७०६, सात सय २९, आठ सय १३ र ९०५ रहेका छन् । जेठ ११ गतेसम्म चल्ने खोपमा गत चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म पहिलो मात्रा १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई खोप दिइने व्यवस्था गरिएको छ ।

यस अवधिमा हरेक दिन बिहान १०ः०० देखि अपराह्न ४ः०० बजेसम्म पहिलो मात्रा लगाएको कार्ड लिएर पायक पर्ने खोप केन्द्रमा जानुपर्छ । दोस्रो खोप लगाउन पहिलो खोप लिएको मितिका आधारमा तय गरिएको छ ।

नागरिकलाई सहजताका लागि सबै वडामा खोप केन्द्रको व्यवस्था गरिएको छ ।  पहिलो डोज जहाँसुकै  लगाएको भए पनि दोस्रो डोज भने पायक पर्ने स्थानमा लगाउने व्यवस्था हुँदा नागरिकलाई सहज भएको छ । कामपामा अहिलेसम्म ५४ हजार पाँच सय ६८ संक्रमितमध्ये १२ हजार ४१ सक्रिय संक्रमित रहेका छन् ।

कोभिडका कारण तीन सय ७२ जनाको ज्यान गएको छ । बयालीस हजार एक सय ५५ जना निको भएको तथ्याङ्कमा उल्लेख छ ।

– रासस



प्रतिक्रिया दिनुहोस !