१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एयरलाइन्सले टिकेटिङमा अनियमितता गरे कारवाही हुने

प्रकाशित मिति :  ६ जेष्ठ २०७८, बिहीबार ०६:५९


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एयरलाइन्सले टिकेटिङमा अनियमितता गरेको जानकारी भएमा कारवाही गरिने जनाएको छ ।

यदि एयरलाइन्सले टिकेटिङमा अनियमिता गरेको जानकारी भए मन्त्रालयको इमेल वा नेपाल नागरिक उड्डयन प्राधिकरणको इमेलमा प्रमाणसहित पठाएमा त्यस्तो व्यक्ति वा संस्थालाई नियमानुसार कारवाही प्रक्रिया अगाडि बढाइने प्रतिबद्धता मन्त्रालयले जनाएको छ ।

कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले वैशाख २३ देखि जेठ १७ सम्म अन्तरराष्ट्रिय तथा राष्ट्रिय उडान स्थगन गरेको छ । एयर बबल सम्झौताअन्तर्गत रहेर स्वास्थ्य मापदण्ड पालना हुने गरी काठमाडौँबाट भारतको नयाँ दिल्लीसम्म सातामा दुई उडान संचालन भइरहेको मन्त्रालयले जनाएको छ ।

यसै क्रममा विभिन्न देशबाट पर्वतारोहण, पर्यटन र  कूटनीतिक प्रयोजनका लागि नेपालमा आएर रोकिएका यात्रुलाई गन्तव्य स्थानमा बहिर्गमन गर्नका लागि भारत, युरोपेली संघ, अमेरिका, रुसलगायत नेपालस्थित राजदूतावासबाट अनुरोध गरिएअनुसार प्रस्थानका लागि उडान अनुमति प्रदान गरिएको बताइएको छ ।

– रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !