१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सिंगापुरद्वारा केजरीवालको टिप्पणीप्रति सिंगापुर भेरिएन्टबारे चासो व्यक्त

प्रकाशित मिति :  ५ जेष्ठ २०७८, बुधबार १६:४७


नयाँ दिल्ली । सिंगापुरले उच्च आयुक्त पी कुमारनलाई पत्राचार गरी नयाँ प्रकारको कोभिड–१९ संक्रमणलाई भारतीय अधिकारीले सिंगापुर भेरिएन्ट भनेकोमा बुधबार गम्भीर चासो व्यक्त गरेको छ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मंगलबार ट्वीट गरेर सिंगापुरमा कोभिडको नयाँ भेरियन्ट पुष्टि भएको र सो भेरियन्ट बालबालिकामा जोखिमपूर्ण रहेको भन्दै हवाई सेवा बन्द गर्नु पर्ने बताउनुभएको थियो ।

भारतीय उच्चायुक्तलाई सिंगापुरले केजरीवालको टिप्पणीप्रति चासो व्यक्त गरेको भारतको विदेश मन्त्रालयले बुधबार जानकारी गराएको छ । विदेश मन्त्री एस जयशंकरले सिंगापुरका सम्बन्धमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले गरेको टिप्पणीलाई अनाधिकारिक बताउनुभएको छ । उहाँले सिंगापुरस्थित भारतीय उच्चायोगले यस बिषयमा केजरीवालसँग कोभिडको भेरियन्ट वा नागरिक उड्डयन नीति सम्बन्धमा बोल्ने अधिकार नरहेको जानकारी सिंगापुर सरकारलाई बताएको छ ।

विदेश मन्त्री एस जयशंकरले विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीको ट्वीट रीट्वीट गर्दै लेख्नुभएको छ, ‘सिंगापुर र भारत कोभिड–१९ को लडाईमा बलिया साझेदार हुन् ।’

लजिस्टिक हब र अक्सिजन आपूर्तिका लागि सिंगापुरले निर्वाह गरेको भूमिकाको भारत प्रशंसा गर्दछ । हाम्रो सहयोगका लागि सिंगापुरले सैन्य विमान पठायो र यसले नै हाम्रो सम्बन्ध कति खास छ भन्ने स्पष्ट गर्छ ।”

यस्तो टिप्पणीले लामो समयदेखिको मित्रवत सम्बन्धमा असर पर्ने तर दिल्लीका मुख्यमन्त्रीको वक्तव्य भारतको भनाई नभएको विदेशमन्त्री जयशंकरले बताउनुभएको छ ।

– रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !