१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मिनी अक्सिजन प्लान्ट जडान गरिने

प्रकाशित मिति :  ३ जेष्ठ २०७८, सोमबार ०९:३१


धनगढी । दोस्रो चरणको कोरोना संक्रमणका कारण अक्सिजनको अभावमा ज्यान गुमाउनेको संख्या बढ्न थालेपछि कैलालीको लम्कीचुहा नगरपालिकाले मिनी अक्सिजन प्लान्ट जडान गर्ने भएको छ ।

सो नगरपालिकाले लम्कीचुहा अस्पतालमा मिनी अक्सिजन प्लान्ट जडान गर्ने भएको हो । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण अक्सिजन नपाएर नगरवासीको  अकालमा ज्यान नजाओस् भन्ने हेतुले नगरपालिकाको पहल र सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सहयोगमा अक्सिजन प्लान्ट निर्माण गरिन लागिएको नगरप्रमुख महादेव बजगाईंले जानकारी दिनुभयो ।

नगरपालिकाले सामाजिक विकास मन्त्रालयलाई अक्सिजन प्लान्ट जडानका लागि आवश्यक बजेट विनियोजनको माग गर्दै यही जेठ २ गते सामाजिक विकास मन्त्रालयमा पत्राचार गर्दै आवश्यक पर्ने थप रकम ५० लाख रुपैयाँ बजेट माग गरिएकामा तत्कालका लागि १५ लाख रुपैयाँ निकासा हुने नगरप्रमुख बजगाईंले बताउनुभयो ।

करीब न्यूनतम ३० देखि बढीमा ५० लाख रुपैयाँले मिनी अक्सिजन प्लान्ट निर्माण गर्ने लक्ष्य राखेको जनाउँदै नगरप्रमुख बजगाईंले त्यसका लागि तत्काल प्रक्रिया अगाडि बढाइने बताउनुभयो । लगत्तै काम सुरु गरी अक्सिजन मेशिन खरीदका लागि बोलपत्रलगायतको प्रक्रिया शुरु गरिने उहाँले जानकारी दिनुभयो ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !